·

मंगलबार नेप्से परिसूचक घट्यो, कारोबार रकम भने बढ्यो

Author

NEPSE TRADING

मंगलबार नेप्से परिसूचक घट्यो, कारोबार रकम भने बढ्यो

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य बढेर बन्द भएको बजार यस दिन भने दबाबमा देखिएको हो। मंगलबार नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.४५ अंक, फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले घटेको छ। परिसूचक घटे पनि कारोबार रकम भने सामान्य बढेको देखिएको छ। सोमबार ८ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२२ स्टकको ९२ हजार ३३८ पटकको कारोबारमार्फत ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किटमा कारोबार हुँदा एचएलआई लार्ज क्याप फन्ड, मेगाल म्युचुअल फन्ड–१ र पञ्चकन्या माई हाइड्रोपावरका सेयरमा उल्लेख्य वृद्धि देखियो। यता, सान्भि इनर्जी र पियोर इनर्जीको सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा आँखी खोला जलविद्युत र यूनियन हाइड्रोपावरको कारोबार पनि उच्च रह्यो। १३ उपसमूहमध्ये ३ उपसमूह बढ्दा १० उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.७९ प्रतिशतले बढ्दा वित्त उपसमूह १.०९ प्रतिशतले घटेको छ।

Related News