नेप्से सामान्य अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
Author
NEPSE TRADING

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार घटेर बन्द भएको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.१९ अंकले घटेका छन्।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२६ स्टकको ८० हजार ४२२ पटकको कारोबारमार्फत ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीका शेयरहरू अधिकतम वृद्धिसहित कारोबार भएका हुन्। साथै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य यस दिन सबैभन्दा बढी ५.५४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै ८० करोड ७७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि एसवाई प्यानल नेपालले करिब साढे ६० करोड रुपैयाँ र राधी विद्युत कम्पनीले २६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेका छन्। वित्त उपसमूह सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ। साथै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहका परिसूचकहरू सामान्य रूपमा उकालो लागेका छन्।


