·

शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा ५ बुँदे संशोधन

Author

NEPSE trading

शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा ५ बुँदे संशोधन

सरकारले शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा महत्वपूर्ण संशोधन गरेको छ। अर्थ मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पाँच बुँदे संशोधनका प्रावधानहरू सार्वजनिक गरिएका छन्।

संशोधन अनुसार, स्टार्टअप कम्पनीहरूलाई प्रवर्धन गर्न चूक्ता पुँजीको ४० प्रतिशत र कम्पनीको २० प्रतिशतसम्म शेयर व्यक्ति विशेषलाई उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

यस्तै, प्राइभेट कम्पनीका सहभालकले अर्को प्राइभेट कम्पनीमा पनि संचालक बन्न सक्ने कानूनी अधिकार पाउने व्यवस्था थप गरिएको छ।

बैंक, वित्तीय संस्था, र बीमा क्षेत्रबाहेकका पब्लिक कम्पनीका संचालक बन्नका लागि सहजीकरण गरिने तथा प्राइभेट कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई सरल बनाउन कम्पनी रजिस्ट्रार कार्यालयको थप स्वीकृतिको आवश्यकता हटाइएको छ।

कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको छ। हालसम्म संचालक विवरण नपेश गर्ने वा बन्द गर्नुपर्ने कम्पनीहरूलाई न्यूनतम जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारका अनुसार यी संशोधनले शेयर बजारमा सुधार ल्याउँदै आर्थिक क्षेत्रको विकास र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Related News