·
कुमारी बैंकको ८१,८४४ कित्ता सेयर बिक्रीमा: संस्थापक सेयरधनीले मात्रै पाउने
Author
Nepse trading

कुमारी बैंक लिमिटेडले ८१,८४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर हालका संस्थापक सेयरधनीले मात्र किन्न सक्नेछन्। इच्छुक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। तोकिएको समयमा आवेदन नपरेमा सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।