·

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सम्पन्न

Author

NEPSE TRADING

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सम्पन्न

नेपालका १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु कार्य सम्पन्न गरिएको छ। अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) सँगको विस्तारित कर्जा सुविधा (ECF) कार्यक्रमअन्तर्गत भइरहेका सुधार प्रक्रियाअनुसार बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एण्ड कम्पनीको टोली नेपाल आएर स्थलगत परीक्षण सम्पन्न गरेको हो।

रिभ्युका क्रममा बैंकहरूको कर्जा फाइल, कोर बैंकिङ सिस्टम, परियोजना लगानीको अवस्था र कर्जा भुक्तानी प्रक्रियाहरू विस्तृत रूपमा अध्ययन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। उक्त टोलीमा नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू पनि सहभागी रहेको र परीक्षणका लागि करिब साढे दुई दर्जन सूचक प्रयोग गरिएको बताइएको छ।

यसअन्तर्गत कर्जा लगानी उच्च रहेका १० वाणिज्य बैंक— ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया—का सम्पत्तिको गुणस्तर (Asset Quality) को विस्तृत मूल्यांकन गरिएको हो।

राष्ट्र बैंकका अनुसार केही कर्जा फाइलमा कमजोरी भेटिएमा सम्बद्ध बैंकलाई आवश्यक सुनुवाइ र स्पष्टिकरण दिन अवसर दिइनेछ। रिभ्युको प्रारम्भिक चरण पूरा भइसकेपछि टोलीले केही दिनमै औपचारिक प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाउने जनाएको छ।

यस रिभ्यु प्रक्रियालाई नेपालको बैंकिङ क्षेत्रको पारदर्शिता, जोखिम व्यवस्थापन र कर्जा गुणस्तर सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related News