काठमाडौंमा एक दिने इन्भेष्टर प्रो मिट र शेयर तालिम सम्पन्न
Author
NEPSE trading

नेप्से ट्रेडिङ डटकम र इम्पेरीयल सेक्युरिटिजको आयोजनामा शनिबार काठमाडौंमा एक दिने इन्भेष्टर प्रो मिट र शेयर तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले बजारमा नयाँ प्रोडक्टहरू ल्याउन गृहकार्य भइरहेको बताए। प्यानल डिस्कसनमा अनुभवी लगानीकर्ता तथा उद्योगी अम्बिका प्रसाद पौडेल, चार्टर्ड एकाउन्टेन्ट विनोद बराल, प्रवक्ता पराजुली र वित्त विज्ञ परशुराम कुँवर क्षेत्री सहभागी थिए। करिब ३५० लगानीकर्ता सहभागी कार्यक्रममा उनीहरूका प्रश्नको जवाफ दिइएको थियो।
दोस्रो सत्रमा ट्रेडिङ विज्ञ प्रज्वल भण्डारी र विपिन कडेलको सहभागिता रहेको थियो। अन्तिम सत्रमा प्राविधिक विश्लेषक सन्दीपकुमार चौधरीले करिब तीन घण्टा प्राविधिक विश्लेषणको तालिम सञ्चालन गरे।
कार्यक्रममा ब्रोकर नं. ४५ का कार्यकारी निर्देशक भक्तीराम घिमिरेले आगामी दिनमा पनि यस्ता तालिम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, नेप्से ट्रेडिङका सञ्चालक तथा सम्पादक दीपेश घिमिरेले लगानीकर्ताको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।