·
सूर्यज्योति लाइफको नाफा १९ करोड ६१ लाख, बीमा कोषमा २४% वृद्धि
Author
Nepse trading

सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.३७% वृद्धि हो। कम्पनीको जीवन बीमा कोष २४.०३% ले बढेर ३७ अर्ब ७३ करोड ४० लाख पुगेको छ। बीमाशुल्क आर्जन १८.२४% ले वृद्धि भई ५ अर्ब ६ करोड ४७ लाख पुगेको छ। खुद बीमाशुल्क १९.८३% ले बढेर ४ अर्ब ९८ करोड १५ लाख भएको छ। खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख पुगेको छ। EPS ७.८३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ।