·

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङबाट बजारमा सेयर ल्याउँदै

Author

Nepse trading

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङबाट बजारमा सेयर ल्याउँदै

टाईम फर्मास्युटिकल्स लिमिटेडले धितोपत्र नियमावली र निर्देशिका अनुसार बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सेयर बिक्री प्रबन्धक नियुक्त गरिएको छ। ३० वर्षदेखि गण्डकी प्रदेश, नवलपुरको गैंडाकोट-४ मा केन्द्रिय कार्यालय, गैंडाकोट-१० मा कारखाना र ललितपुर सातदोबाटोमा मार्केटिङ कार्यालय सञ्चालन गर्दै ३००+ कर्मचारीलाई रोजगारी दिएको यो WHO-GMP प्रमाणित कम्पनीले Sinex, Paraflam, AZT, Clarith, Folvin जस्ता २००+ औषधि उत्पादन गर्छ। बंगलादेशको SQUARE Pharmaceuticals र हङकङको HK-VJM सँग सहकार्य गरी औषधि निर्यात गरिरहेको कम्पनीले अन्य देशमा पनि विस्तार गर्ने योजना बनाएको छ। नियामक निकायको स्वीकृतिपछि सेयर जारी हुनेछ।

Related News