·

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सिक्लेस र आईसीएफसीको बुक क्लोज भोलि र पर्सि

Author

NEPSE TRADING

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सिक्लेस र आईसीएफसीको बुक क्लोज भोलि र पर्सि

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सिक्लेस हाइड्रोपावर र आईसीएफसी फाइनान्सको बुक क्लोज नजिकिँदै जाँदा आज यी दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। भोलि र पर्सि बुक क्लोज हुने भएकाले आजसम्म सेयर किनेका तथा कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

सिक्लेस हाइड्रोपावरले साधारणसभा मंसिर २९ गते, सोमबार, पोखरा कास्कीको घारीपाटनस्थित आभ्या क्लबमा गर्ने भएको छ। सोही सभाका लागि कम्पनीले मंसिर १८ गते बिहीबार बुक क्लोज गर्दैछ। आईसीएफसी फाइनान्सले भने मंसिर १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तर बिहीबार सार्वजनिक बिदा परेकाले आईसीएफसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन पनि आज नै परेको हो।

कम्पनीले प्रस्तुत गरेको प्रस्तावअनुसार आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बराबरको बोनस सेयर (१२ करोड ७५ लाख रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको छ। साथै कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९ प्रतिशत अर्थात् ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा नगद लाभांश दिने प्रस्ताव छ।

बोनस सेयर जारी भएपछि कम्पनीले १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र प्राप्त रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना पनि अगाडि सारेको छ। यससँगै, कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ, जुन पछिल्लो ८ वर्ष यताकै उच्च लाभांश प्रस्ताव हो।

लाभांशको आकर्षक प्रस्ताव र आगामी हकप्रद योजनाका कारण सिक्लेसको सेयरमा लगानीकर्ताहरूको ध्यान बढेको देखिन्छ। आईसीएफसीको बुक क्लोज नजिकिँदा वित्तीय क्षेत्रका लगानीकर्ताहरू पनि लाभांश सुरक्षित गर्न सक्रिय देखिएका छन्।

Related News