·

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच १:१ सेयर स्वाप रेसियोमा गाभिने प्रस्ताव स्वीकृत

Author

NEPSE TRADING

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच १:१ सेयर स्वाप रेसियोमा गाभिने प्रस्ताव स्वीकृत

पोखरा फाइनान्स लिमिटेडले  समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग १:१ सेयर स्वाप रेसियो मा गाभिने प्रस्ताव पारित गरेको छ। पोखरा फाइनान्सको माघ १४, २०८२ (बुधबार) पोखरा–९, कास्कीस्थित दुर्बार्थोक ब्याङ्क्वेट मा सम्पन्न विशेष साधारण सभाले उक्त प्रस्ताव स्वीकृत गरेको हो। गाभिने निर्णय पी.एस. बरागी एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स द्वारा तयार गरिएको ड्यु डिलिजेन्स अडिट (DDA) प्रतिवेदन का आधारमा गरिएको कम्पनीले जनाएको छ। प्रतिवेदनमा दुवै संस्थाको सम्पत्ति, दायित्व तथा समग्र व्यवसायिक अवस्थाको मूल्याङ्कन गरिएको थियो। सेयर स्वाप रेसियो निर्धारण गर्दा व्यवसायिक सम्भावना, संस्थागत प्रतिष्ठा, कर्मचारीको योग्यता, कार्यक्षमता, बजार उपस्थिती, लाभांश वितरण इतिहास तथा हालको सेयर बजार मूल्यजस्ता पक्षहरूलाई ध्यानमा राखिएको छ। सभाले मूल्याङ्कनकर्ता नियुक्ति तथा पारिश्रमिक स्वीकृत गर्नुका साथै DDA प्रतिवेदन र सम्झौतापत्र (MoU) सहित सबै सम्बन्धित कागजात अनुमोदन गरेको छ र गाभिने प्रक्रियासम्बन्धी आवश्यक कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ।

Related News