·

रिज लाइन इनर्जीले माघ २८ देखि सर्वसाधारणका लागि आईपीओ खोल्ने

Author

NEPSE TRADING

रिज लाइन इनर्जीले माघ २८ देखि सर्वसाधारणका लागि आईपीओ खोल्ने

काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले आगामी माघ २८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन आह्वान गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ लाख ७ हजार कित्ता शेयरमध्ये बाँकी रहेको हिस्सा बजारमा ल्याउन लागेको हो। यसअघि आयोजना प्रभावितका लागि ११ लाख ८५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि १ लाख ४२ हजार २०० कित्ता शेयर बिक्री भइसकेको छ।

कति दिने आवेदन? सर्वसाधारणका लागि छुट्याइएको कुल ११ लाख ८० हजार २६० कित्ता शेयरमा इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यसअघि कुल कित्ताबाट कर्मचारीलाई २८ हजार ४४० र सामूहिक लगानी कोषलाई ७१ हजार १०० कित्ता सुरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

समय सीमा र प्रक्रिया निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म खुल्ला रहने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र 'मेरो शेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आयोजना र वित्तीय अवस्था

  • परियोजना: कम्पनीले लमजुङमा ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

  • लागत: आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ।

  • उत्पादन: २०८० माघ ८ गतेदेखि नै यो आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ।

  • रेटिङ: केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी' रेटिङ दिएको छ, जसले मध्यम जोखिमको संकेत गर्छ।

आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ७ वर्ष ४ महिना र डिस्काउन्टेड अवधि १० वर्ष ९ महिना प्रक्षेपण गरिएको छ।

Related News