शिखर पावरको स्थानीयका लागि खुला आईपीओ आवेदन अवधि फागुन ८ गतेसम्म
Author
NEPSE TRADING

काठमाडौँ— शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अवधि फागुन ८ गतेसम्म लम्ब्याएको छ। कम्पनीका अनुसार तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन परेमा भने सेयर बिक्री प्रक्रिया समयअगावै बन्द गर्न सकिनेछ।
कम्पनीले कुल ३२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
शिखर पावर डेभलपमेन्ट लिमिटेडले बागलुङ जिल्लामा अवस्थित ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना हाल व्यावसायिक रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल ले कम्पनीलाई ‘डबल बी’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम तहमा रहेको संकेत गर्दछ।
आईपीओमा आवेदन दिन इच्छुक स्थानीय बासिन्दाले ग्लोबल आइएमई क्यापिटल सहित बागलुङ र आसपासका सम्बन्धित बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले स्थानीय लगानीकर्तालाई परियोजनामा सहभागिता बढाउन यो अवसर महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।



