सुपर हेवा पावरको आइपिओ प्रत्याभूति सम्झौता
Author
NEPSE TRADING

काठमाडौँ — सुपर हेवा पावर कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूति व्यवस्थापन सम्बन्धी सम्झौता गरेको छ। कम्पनीले रु. १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड लाई प्रत्याभूति व्यवस्थापकको रूपमा नियुक्त गर्दै सम्झौता सम्पन्न गरेको हो। सम्झौता पत्रमा कम्पनीका अध्यक्ष हर्क बहादुर तामाङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ स्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसले आयोजना सम्पन्नपछि स्थानीय तथा राष्ट्रिय विद्युत आपूर्तिमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।


