·

सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो

Author

NEPSE TRADING

सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो

काठमाडौं — सुप्रिम हेल्थ केयर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको छ। कम्पनीले माघ ६ गते बोर्डमा औपचारिक रूपमा आवेदन पेस गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसमार्फत कम्पनीले १४ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

कम्पनीका अनुसार संकलित पूँजी स्वास्थ्य सेवासम्बन्धी पूर्वाधार विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्धिमा प्रयोग गरिनेछ।

Related News