·

मागभन्दा बढी आवेदन परेपछि '७% आरबिबिएल डिबेञ्चर २०८८' निष्काशन बन्द

Author

Nepse trading

मागभन्दा बढी आवेदन परेपछि '७% आरबिबिएल डिबेञ्चर २०८८' निष्काशन बन्द

मागभन्दा बढी आवेदन परेपछि '७% आरबिबिएल डिबेञ्चर २०८८' निष्काशन बन्द

आरबिबिएल बैंकद्वारा जारी ७ वर्षे अवधिको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि निष्काशन समयभन्दा अगाडि बन्द गरिएको छ। बैंकले प्रति कित्ता रु १,००० दरमा २५ लाख कित्ता (रु २.५ अर्ब बराबर) ऋणपत्र निष्काशन गरेको थियो।

यसमा १५ लाख कित्ता व्यक्तिगत तवरमा र १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। सर्वसाधारणका लागि छुट्याइएकामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सानिमा क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। ऋणपत्रमा CARE Ratings Nepal ले 'CARE NP A+ (Issuer)' रेटिङ्ग दिएको छ, जसले समयमै दायित्व पूरा गर्ने संकेत गर्दछ ब्याजदर वार्षिक ७% रहेको र सो ब्याज कर कट्टीपछि अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

Related News