2 min read
महालक्ष्मी विकास बैंकको आधार दर घट्दा ऋणीलाई लाभ, नाफामा ३३% वृद्धि
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत रहेको जानकारी दिएको छ। अघिल्लो वर्ष २०८०/८१ को असार मसान्तसम्म आधार दर ९.३९ प्रतिशत र कोषको लागत ७.०३ प्रतिशत रहेको थियो। आधार दर घटेसँगै बैंकबाट ऋण लिने ग्राहकले कम ब्याजदरमा सुविधा लिन सक्नेछन्। साथै, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा बैंकको न्यूनतम पुँजी कोष पुस मसान्तसम्म १४.९९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १४.९३ प्रतिशत थियो।
Nepse trading
·28 Jan, 2025