
2 min read
अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै
अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै काठमाडौं — बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसक्दा निक्षेपको ठूलो हिस्सा निष्क्रिय अवस्थामा थुप्रिएको देखिन्छ । यही अवस्थालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले छोटो अवधिका लागि बजारबाट तरलता सोस्ने नीति अवलम्बन गरेको हो । पछिल्ला महिनाहरूमा निक्षेप संकलन उपकरणको निरन्तर प्रयोगले प्रणालीमा तरलता अत्यधिक भएको संकेत गरेको केन्द्रीय बैंकको बुझाइ छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते गरिनेछ ।त्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो ।
NEPSE TRADING
·1 Feb, 2026


















