·
अमेरिकामा बेचिने सबै आईफोन भारतमा उत्पादन
Author
Nepse trading

एप्पलले २०२५ देखि अमेरिकामा बेचिने सबै आईफोन भारतमा उत्पादन गर्ने योजना बनाएको छ। चीनमाथिको निर्भरता घटाउँदै आपूर्ति शृङ्खला भारततर्फ सार्न एप्पलले तयारी थालेको हो। हाल भारतमा वार्षिक ६ करोडभन्दा बढी आईफोन उत्पादन हुने अनुमान गरिएको छ। मार्च २०२४ देखि मार्च २०२५सम्म भारतमा आईफोन उत्पादन ६०% ले वृद्धि भइसकेको छ। एप्पलको साझेदार फक्सकन, टाटा र पेगाट्रोनले उत्पादन विस्तार गरिरहेका छन्। भारतले कम लागत, सरकारी प्रोत्साहन र बढ्दो बजार सम्भावनाले एप्पललाई आकर्षित गरेको हो। भारतबाट आईफोन निर्यात पनि तीव्र रूपमा बढ्दैछ।