·
Crest Micro Life: IPO Issuance for the General Public
Author
Nepse trading

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो। यो आईपीओमा लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा नबिकेमा चैत ७ गतेसम्म म्याद थप हुनेछ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। सी–आस्वा प्राप्त बैंक, वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन गर्न सकिनेछ। एनआइएमबी एस क्यापिटल यसको बिक्री प्रबन्धक रहेको छ।