·

Demand for Action Against Those Involved in Corruption

Author

Nepse trading

Demand for Action Against Those Involved in Corruption

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्न सरकारसँग हिम्मत छ कि छैन भन्दै चुनौती दिएका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले उच्च स्तरीय न्यायिक समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे। उनले २२ अर्ब लागतमा बनेको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको लेखा समितिको रिपोर्टलाई उदृत गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको बताए। भ्रष्टाचारमाथि सरकार मौन बसेको भन्दै पराजुलीले प्रधानमन्त्रीलाई कडा निर्णय लिन आह्वान गरे ।

Related News