·

दोर्दी खोला जलविद्युत कम्पनीद्वारा १०० प्रतिशत हकप्रद शेयर जारी हुने

Author

Nepse trading

दोर्दी खोला जलविद्युत कम्पनीद्वारा १०० प्रतिशत हकप्रद शेयर जारी हुने

दोर्दी खोला जलविद्युत कम्पनीले आफ्ना लगानीकर्ताहरूका लागि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ। कम्पनीले यही चैत १९ गते मंगलबारदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यो शेयरको अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ, जसअनुसार कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको शेयर जारी हुनेछ।

लगानीकर्ताहरूले २०८२ वैशाख ८ गतेसम्म सानिमा क्यापिटल, सानिमा बैंकका तोकिएका शाखा वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि यो रकम दोब्बर भई २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ। यो कदमले कम्पनीको वित्तीय आधार बलियो बनाउन र भावी योजनाहरूमा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related News