·
सुनको भाउले बनायो नयाँ रेकर्ड
Author
Nepse trading

एक सातामै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
सुनसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर आज २ हजार ४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भएको थियो। बजारमा बहुमूल्य धातुको माग बढेसँगै मूल्यवृद्धि भएको देखिन्छ।