·

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुँदै

Author

Nepse trading

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुँदै

नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) बिहीबार बिहान ८:३० बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँटको अन्तिम तयारी पूरा भएको छ। कम्पनीले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता आइपीओ जारी गरेको थियो।

आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको हुँदा गोला प्रथाबाट बाँडफाँट हुनेछ। कुल १९ लाख ९७७ जनाले आवेदन दिएका छन्, जसमध्ये १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर पाउनेछन् भने १७ लाख १७ हजार ४७७ जना भने हात खाली हुनेछन्।

Related News