·

पियोर इनर्जी लिमिटेडको आईपीओ निष्कासन

Author

Nepse trading

पियोर इनर्जी लिमिटेडको आईपीओ निष्कासन

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २८ हजार ८०० कित्ता कर्मचारीका लागि सुरक्षित राखी बाँकी ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म रहेको छ।

Related News