·

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

Author

NEPSE TRADING

 नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा झरेको छ, जबकि बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर परेको महासंघले जनाएको छ।

Related News