
1 min read
आगामी बजेट तयारीका लागि अर्थमन्त्री खनालद्वारा राजस्व परामर्श समिति गठन
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि अर्थमन्त्री रामेश्वर खनालले राजस्व परामर्श समिति गठन गरेका छन्। अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठन गरिएको समितिमा सरकारी निकाय, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिहरू समावेश छन्। समितिले आयकर, भ्याट, अन्तःशुल्क, डिजिटल सेवा कर तथा ई–कमर्स करलगायत कर प्रणाली सुधार, राजस्व प्रशासन सुदृढीकरण, भन्सार दर पुनरावलोकन र राजस्व चुहावट नियन्त्रणका विषयमा सुझाव दिनेछ। विभिन्न आर्थिक क्षेत्रका समस्या अध्ययन गर्न नौ उप–समिति गठन गरिएको छ, जसले निर्धारित समयभित्र प्रतिवेदन पेश गर्नेछन्।
NEPSE TRADING
·27 Feb, 2026


















