
1 min read
सिनर्जि पावरको साधारण सभामा भाडभैलो: सभा नै स्थगित, नक्कली प्रोक्सीको जालो !
सिनर्जि पावर डेवलपमेन्ट लिमिटेडको १९ औं साधारण सभा निर्वाचन अधिकृत संजीव लामाका अनुसार स्थगित गरिएको छ। पोक्सी दिने प्रक्रिया राम्रोसँग सम्पन्न नभएको कारणले सभा र निर्वाचन भाडिएको हो। निर्वाचनका विभिन्न उम्मेदवारहरूले भने आफूहरूले पोक्सी कति भ्यालीट र कति इनभ्यालीड भएको बारेमा जानकारी मागेका थिए, तर निर्वाचन अधिकृतले जवाफ नदिएको आरोप लागेको छ। उम्मेदवारहरूको दाबी अनुसार, उनले पोक्सी संकलनका बेला आवश्यक जानकारी प्राप्त नगरेको र चुनावी प्रक्रिया मर्यादित नभएको आरोप पनि लगाएका छन्। उनीहरूले थप आरोप लगाउँदै भनेका छन् कि बाउन्सर राखेर धम्क्याउने काम भएको हो।
NEPSE TRADING
·12 Jan, 2026


















