·

नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि

Author

NEPSE TRADING

 नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि

माघ २ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेको मूल्य आज पुनः बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। यो बिहीबारको तुलनामा ७०० रुपैयाँले बढी हो। अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। बिहीबार प्रतितोला ५ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १६० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतार–चढाव देखिँदै आएको छ।

Related News