शेयर बजारमा ट्रेडरले हैन इन्भेष्टरले किन्ने बेला आयो : सन्दीपकुमार चौधरी
Author
NEPSE trading
नेपालको शेयर बजारमा पछिल्लो समय प्राविधिक विश्लेषणलाई आत्मसात् गरेर लगानी गर्नेको संख्या दिन प्रतिदिन बढीरहेको छ । बजार तिब्र उतारचढावमा रहँदा लगानीकर्तालाई अफ्टेरो पर्न सक्छ । त्यसमा सहयोग प्राविधिक चाट हरुले गर्ने गरेको विश्लेषकले दावी गर्ने गरेका छन् । यसै सन्दर्भमा हाम्रा सहकर्मी दिपेश घिमिरेले शेयर बजारका प्राविधिक विश्लेषक सन्दीपकुमार चौधरीसँग वर्तमान नेपाली शेयर बजारको बारेमा सोधेका छन् । त्यहि कुराकानीको सार :
१. तपाईँको नजरमा नेपाली शेयर बजारमा किन्ने बेला आएको हो ?
नेप्सेको अहिलेको अवस्था हेर्दा साइडवेजमा बजार चलेको देखिन्छ । मार्केट १९७० बाट बाउन्स भएको पहिलो पटक हो । यो साइडवेजमा यो भन्दा पहिला घट्दा १८०० र बढ्दा २२०० सम्म जाने गरेको थियो । त्यहि भएर अहिलको बजार अलीक फरक देखेको छु । त्यसको लागी बजारले २२ सयको विन्दु पुरा गरे, नेप्से सुचक माथी जाने र बजारले किन्न अवसर दिएको बुझ्न सकिने थियो ।
२. फन्डामेन्टल रुपमा बजारको विश्लेषण गर्दा चाहि के पाउनु भएको छ ?
दिपेश जि, अहिलेको बजारमा अवसर भने देखिन्छ । किन कि आर्थिक सुचक सकारात्मक हुदै गएका छन् । नयाँ अर्थमन्त्रीसँग लगानीकर्ताको आशा पनि अत्याधिक देखिन्छ, नियामक निकाय समेत सकारात्म देखिन्छन् । त्यसमा पनि धितोपत्र बोर्ड, नेप्से र सीडीएसले अर्थमन्त्रीलाई पूँजीबजार सुधारका उपाय सहितको प्रतिवेदन बुझाएका छन् । त्यहि कारणले पनि बजार प्रति सबै सरोकारवाला निकाय सक्रिय भएको र बजार बढ्छ भन्ने मनोविज्ञान लगानीकर्तामा प्रवाह हुने देखिन्छ ।
३. लगानीकर्ताले २२ सय सुचक पुग्ने बेला सम्म कुर्नु पर्ने हो ?
त्यो त बच्चा बच्चीलाई समेत थाहा भै सक्यो, २२ सय कट्नु पर्छ भन्ने । नेपालको बजार यती धेरै साइडवेज गयो कि लगानीकर्ता २२ सय कुर्दा कुर्दा दिक्क भै सकेका छन् ।
४. ठ्याकै भनिदिनुस् । १९७० लााई सपोर्ट मानेर लगानी गर्दा उपयुक्त हुन्छ ?
१८ सय देखि २२ सय विन्दुमा ट्रेडरले हैन इन्भेष्टरले त जहिले किने पनि घाटा छैन नी । तर बुलको सुनिश्चितता जव हुन्छ त्यसपछि त जसरी भए पनि बजारमा छिर्नै पर्ने हुन्छ । मेरो पहिले देखिकै भनाई के हो भने बजार वियरिस ट्रेण्डमा छ भन्ने लागे २० प्रतिशत शेयर राखेर निस्कीने र बुल कन्फम भएको आफुलाई लागे ८० प्रतिशत थप शेयर किन्ने । अब ८० प्रतिशतले थप शेयर किन्ने बेला भने अहिले आएको छैन् ।
५. अहिले उपसुचक हरुले चाँहि बाइ दिएका छन कि छैनन् ?
उपसुचकहरु धेरै अप टे«ण्ड मै छन् । एक महिनाको प्राविधिक चाट हेर्दा अहिले बैंकीङ लगायत केहि सुचक ले मात्र अप टे«ण्ड कन्फम गर्न सकेका छैनन् । तर अधिकांस सुचक जस्तै फाइनान्स, विकास बैंक, होटल लगायतले अप टे«ण्ड कम्फम गरेको देखिन्छ । तर बुल भने आएको देखिदैन् ।
६. बुल भने कहिले कन्फम हुन्छ त उपसुचक को ?
बुल त दिपेश जी नेप्से सुचकले कन्फम गर्ने हो । उपसुचक र स्टकले बुल कन्फम गर्ने वित्तीकै बजारमा प्रवेस गर्नु हुदैन ।