·
नेपाललाई विश्व बैंकले दियो ८० मिलियन डलर
Author
Dipesh Ghimire
विश्व बैंकले नेपालका लागि ८० मिलियन डलर भन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको आर्थिक क्षेत्रको स्थायित्व, विविधीकरण, वित्तीय समाधान र वित्तीय सेवाहरूमा पहुँच बढाउन खर्च हुनेछ ।
सहायताले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पुँजी, बीमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।