·

नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज वा भोलि सार्वजनिक गर्ने तयारी

Author

NEPSE TRADING

नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज वा भोलि सार्वजनिक गर्ने तयारी

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न अन्तिम तयारी गरेको छ। स्रोतका अनुसार, सकेसम्म आज (मंगलबार) नभए भोलि (बुधबार)सम्म समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको छ। निर्वाचन आचारसंहिताका कारण ठूला नीतिगत परिवर्तन हुने सम्भावना कम रहेको बताइएको छ। साथै, डेपुटी गभर्नर डा. निलम ढुंगाना विदेश भ्रमणबाट आज स्वदेश फर्किने कार्यक्रम रहेकाले व्यवस्थापन तथा सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको जनाइएको छ। उनी फर्किएलगत्तै बैठक बसेर समीक्षा स्वीकृत गरिने र नभए ढिलोमा बुधबार सार्वजनिक गरिने तयारी छ। कानुनअनुसार आर्थिक वर्षको ६ महिना सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने बाध्यता रहेको छ। गत वर्ष फागुन १३ गते राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो।


Related News