आन्दोलनमा सिंहदरबार वरिपरिकै सरकारी निकायका ४४४ साना गाडी र ६०९ मोटरसाइकल जले
Author
NEPSE TRADING

हालैको आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा रहेका ठूलो संख्यामा सवारीसाधनमा आगजनी भएको तथ्याङ्क सार्वजनिक भएको छ। गोरखापत्रमा प्रकाशित विवरणअनुसार सबैभन्दा बढी सडक विभागका ६५ वटा साना गाडी जलेका छन्।
त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा सवारी साधन नष्ट भएका छन्।
त्यस्तै, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा गाडी जलेका छन्।
कुलमा, सिंहदरबार वरिपरिकै ४४४ साना गाडी तथा बस र ६०९ मोटरसाइकल/स्कुटर पूर्ण रूपमा क्षति पुगेको छ।
यससँगै आन्दोलनका क्रममा भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने काम अझै जारी रहेको सरकारी निकायले जनाएको छ।