·

निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध, मतदानको दिन सवारी सञ्चालनमा कडाइ

Author

NEPSE TRADING

निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध, मतदानको दिन सवारी सञ्चालनमा कडाइ

काठमाडौं । आज बिहीबारदेखि देशभर मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान मितिभन्दा सात दिनअघि देखि निर्वाचनको अन्तिम नतिजा घोषणा नभएसम्म मदिराजन्य पदार्थको कारोबार र सेवन पूर्णरूपमा रोक लगाइएको हो। निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ।

यसैगरी, मतदानको दिन अर्थात् फागुन २१ गते अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म उक्त नियम कडाइका साथ लागू गरिनेछ।

यद्यपि एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन तथा विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारीसाधन सञ्चालनमा भने कुनै रोक नलगाइने स्पष्ट पारिएको छ। सम्बन्धित निकायले सबैलाई नियम पालना गरी सहयोग गर्न आग्रह गरेको छ।

Related News