·
नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा माघ २८ गते
Author
nepse trading
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले माघ २८ गते बिहान ९ बजे होटल भिष्वा, बीरगन्जमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
कम्पनीले १०% बोनस सेयर र ११.०५% नगद लाभांश, कुल २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। यसका लागि माघ १० गते बुक क्लोज गरिनेछ, जसअनुसार माघ ९ गतेसम्म कायम रहने शेयरधनीहरूले मात्र सभा र लाभांशमा भाग लिन सक्नेछन्।