बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ आजदेखि आवेदन खुला
Author
NEPSE TRADING

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आजदेखि (भदौ ११ गते) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्न अनुमति पाएको हो।
यसअघि ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। त्यस्तै २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५८ हजार ८२० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ। बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको माग गर्दै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद भदौ १५ गतेसम्म रहनेछ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २५ गतेसम्म अवधि लम्बिने व्यवस्था छ।
यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।