
2 min read
न्यून मूल्यका जलविद्युत् कम्पनीमा आकर्षण : बजारमा 'करेक्सन' देखिए पनि कारोबार रकम उत्साहजनक
न्यून मूल्यका जलविद्युत् कम्पनीमा आकर्षण : बजारमा 'करेक्सन' देखिए पनि कारोबार रकम उत्साहजनक काठमाडौं – धितोपत्र बजारमा पछिल्लो समय कम बजार मूल्य भएका जलविद्युत् कम्पनीहरूको वर्चस्व देखिन थालेको छ । विशेषगरी २०० रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेका हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण (चाम) बढ्दा त्यसले समग्र बजारको दिशालाई समेत प्रभावित पारेको छ । आँखु खोला जलविद्युत् कम्पनीको मूल्यमा देखिएको बढोत्तरीसँगै सुरु भएको यो लहर अहिले दर्जनभन्दा बढी कम मूल्यका कम्पनीहरूमा सरेको छ । सानो पुँजी लगानी गरेर धेरै कित्ता शेयर आउने र सामान्य मूल्य वृद्धि हुँदा पनि प्रतिशतका आधारमा उच्च मुनाफा प्राप्त हुने मनोवैज्ञानिक कारणले गर्दा साना तथा खुद्रा लगानीकर्ताहरू यस्ता स्टकमा झुम्मिएका हुन् ।
Dipesh Ghimire
·29 Jan, 2026


















