·

पूँजी बढाउने समय चैत मसान्तसम्म स्टक डिलरलाई आईपीओको बाटो खुला

Author

NEPSE TRADING

पूँजी बढाउने समय चैत मसान्तसम्म स्टक डिलरलाई आईपीओको बाटो खुला

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्तापूँजी पुर्याउन ९ महिना समय थप गर्दै २०८२ चैत मसान्तसम्मको म्याद दिएको छ। २०७९ मा जारी नियमावलीअनुसार ब्रोकर कम्पनीको वर्गअनुसार २० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँसम्म पूँजी पुर्याउनु पर्ने व्यवस्था थियो।

३८ पुराना ब्रोकरमध्ये २२ ले पूँजी नपुर्याएको पाइएपछि सेबोनले कारवाही नगरी समय थप गरेको हो। नयाँ म्याद असार ३२ गतेबाट लागू भएको हो। साथै, अब स्टक डिलर कम्पनीलाई आईपीओ निष्काशन गर्न बाटो खुलेको छ।

नागरिक स्टक डिलर र नविल स्टक डिलर कम्पनीले अब बोर्डको स्वीकृति लिएर आईपीओ ल्याउन सक्नेछन्। मार्जिन कारोबारको हकमा २० करोड पूँजी भएका ब्रोकरले अनुमति पाउनेछन् भने ६० करोड पूँजी भएका ब्रोकर योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न पाउने छन् ।

Related News