·

मौद्रिक नीति कार्यान्वयनमा : कर्जाको सीमा, ब्याजदर र धितो कर्जामा उल्लेखनीय परिवर्तन

Author

Nepse Trading

मौद्रिक नीति कार्यान्वयनमा : कर्जाको सीमा, ब्याजदर र धितो कर्जामा उल्लेखनीय परिवर्तन

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति बिहीबार साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सर्कुलर पठाइसकेसँगै नीति लागू भएको हो । नयाँ नीतिअनुसार बैंक दर ६.५% बाट घटाएर ६% कायम गरिएको छ भने रिपो दर ५% बाट घटाएर ४.५% बनाइएको छ।

ब्याजदर करिडोरको माथिल्लो सीमा ६% र तल्लो सीमा २.७५% निर्धारण गरिएको छ । शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याइएको छ।

घर कर्जा लोन टु भ्यालु रेसियो ६०% बाट ७०% बनाइएको छ भने पहिलो घर खरिदकर्ताका लागि ८०% सम्म पु¥याइएको छ। कर्जा सीमा पनि २ करोडबाट बढाएर ३ करोड बनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणले न्यूनतम १०% ब्याज बुझाएर असोज मसान्तभित्र कर्जा पुनर्तालिकीकरण गर्न सक्ने छन्। साथै, वित्त कम्पनीले अब प्राथमिक पुँजीको १५ गुणाको सीमा नमानिकन निक्षेप संकलन गर्न पाउने भएका छन् ।

Related News