चन्द्रागिरी हिल्सको साधारण सभा पुस २३ गते, ५ प्रतिशत बोनस सेयर प्रस्ताव
Author
NEPSE TRADING

चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते बुधबार चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट, काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
साधारण सभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले स्थिर व्यवसायिक सञ्चालन र पर्यटन क्षेत्रको पुनरुत्थानसँगै मुनाफा सुधार भएको बताउँदै शेयरधनी हितलाई ध्यानमा राखेर लाभांश प्रस्ताव गरिएको जनाएको छ ।



