सिटिजन्स बैंकका संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने
Author
NEPSE TRADING

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेका संस्थापक शेयर बिक्रीमा ल्याएको छ। यस पटकको संस्थापक शेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन सक्ने भएका छन्।
अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ मा बिक्रीमा ल्याइएको छ भने यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ मा बिक्रीमा ल्याइएको हो।
आवेदकले यी दुवै संस्थापक शेयरमा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल प्रक्रियामार्फत आवेदन दिनुपर्नेछ।
बिक्रीमा ल्याइएका शेयरमध्ये घिमिरेको नाममा रहेका शेयरमा ३५ दिनभित्र र भगतको नाममा रहेका शेयरमा ७ दिनभित्र आवेदन दिनुपर्नेछ। इच्छुकले आवेदन नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने बैंकले जनाएको छ।