·

क्रेस्ट माइक्रो लाइफको आइपीओ वैदेशिक रोजगारीका नेपालीका लागि खुला

Author

Nepse trading

क्रेस्ट माइक्रो लाइफको आइपीओ वैदेशिक रोजगारीका नेपालीका लागि खुला

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी प्राथमिक शेयर (आइपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले कुल १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको हो। इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति माघ २९ गतेसम्म तोकिएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेर कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गरेको हो। प्रति कित्ता १०० रुपैयाँका दरमा जारी गरिएको यस आइपीओको रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले मध्यमस्तरको जोखिम जनाउँछ। आइपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। बीमा सेवा विस्तार गर्दै आएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले २०७९ चैत २८ मा बीमा इजाजत पत्र प्राप्त गरेको थियो भने २०८० जेठ १० मा पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना भएको थियो।

Related News