·

उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्नुहोस्’

Author

NEPSE TRADING

उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्नुहोस्’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गरेका राम्रा कामहरूलाई जनतासमक्ष पुर्‍याउन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सेजनसँग मन्त्री तथा नेताहरूसम्म आफ्ना विचार पुर्‍याउने सामर्थ्य रहेको उल्लेख गरे । उनले सेजनले मुलुकको अर्थतन्त्रको विकासका विविध विषयमा निरन्तर योगदान गर्दै आएको भन्दै प्रशंसा गरे ।

पौडेलले भने, “मन्त्री, नेतालाई तानेर ल्याएर आफ्ना कुरा सुनाउने ल्याकत सेजनसँग छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ ।”

उनले थपे, “सरकारले गरेका राम्रा कामहरू पनि देख्नुभयो भने त्यसलाई जनतासामु संप्रेषित गरिदिनुस् । अहिलेको सरकारले आलोचना सुन्ने हैसियत पनि राखेको छ ।”

मन्त्री पौडेलले आलोचनासँगै प्रशंसालाई पनि सन्तुलित रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै, पत्रकार समाजसँग निष्पक्ष जानकारी जनतासम्म पु¥याउन आग्रह गरे ।

Related News