·

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद चैत ३ गतेसम्म थप

Author

Nepse trading

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद चैत ३ गतेसम्म थप

एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आवेदन दिने म्याद चैत ३ गतेसम्म थप गरेको छ। वार्षिक ७.५० प्रतिशत ब्याजदरको १० वर्षे अवधिको यो ऋणपत्र प्रतिऋणपत्र एक हजार अंकित दरका ३० लाख कित्ता जारी गरिएको छ। जसअन्तर्गत १८ लाख कित्ता व्यक्तिगत तवरबाट तथा १२ लाख कित्ता सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा ‘मेरो सेयर’ अनलाइनमार्फत दिन सकिनेछ।

Related News