
1 min read
आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावट
आईतवार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ। नेप्से १९.८५ अंकले घट्दा कारोबार रकम पनि घटेर ९ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक र रवा इनर्जीको शेयरमा तीव्र गिरावट देखिएको छ। १३ उपसमूहमध्ये व्यापार उपसमूह बाहेक सबै ओरालो लाग्दा बजार पूँजीकरण ४५.२३ खर्ब रुपैयाँ कायम भएको छ।
NEPSE TRADING
·1 Feb, 2026


















