·

समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि चारजना सर्टलिस्ट

Author

NEPSE trading

समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि चारजना सर्टलिस्ट

समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि नेपाल राष्ट्र बैंकले चारजना उम्मेदवारलाई सर्टलिस्ट गरेको छ। राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनका आधारमा प्राप्त दरखास्तहरूमध्येबाट प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव, र राजेन्द्र तिमिल्सिना सर्टलिस्टमा परेका छन्।

उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति पुस २१ देखि २४ गतेसम्म तोकिएको छ। सर्टलिस्ट भएका उम्मेदवारहरूलाई तोकिएको मितिभित्र आफ्नो योग्यता र कार्ययोजना प्रस्तुत गर्न भनिएको छ।

यसअघि, राष्ट्र बैंकले व्यवस्थापन सदस्य पद पूर्तिका लागि गत मंसिर १२ गते विज्ञापन खुलाएको थियो। यस पदपूर्तिसँगै समस्याग्रस्त वित्तीय संस्थाको व्यवस्थापनमा सुधार गर्ने प्रयास गरिने बैंकले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले सशक्त नेतृत्व चयन गर्न यस्तो प्रक्रिया अघि बढाएको हो।

Related News