·
हालैको वृद्धिपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट
Author
NEPSE TRADING

असार ५ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर अहिले १,९५,५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसै सुनको मूल्य १,९५,९०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर अहिले २,२०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला २,२२५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो। केही दिनसम्म निरन्तर वृद्धि हुँदै आएको चाँदीको मूल्य बिहीबार घटेको हो।