·
सुन-चाँदीको मूल्य उकालो, नयाँ रेकर्ड कायम
Author
Nepse trading

तीन दिनदेखि लगातार बढ्दै गएको सुनको मूल्य सोमबार नयाँ रेकर्डमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १ सय डलर नाघेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ। सुन प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ।
चाँदीको भाउ पनि बढ्ने क्रम जारी छ। आइतबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँ पुगेको छ। सुनको मूल्य निरन्तर बढिरहेकाले बजारमा चासो बढेको छ।