·
नेपाली बजारमा सुन १,१०० र चाँदी १५ रुपैयाँले सस्तो
Author
NEPSE TRADING

साउन २६ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घटेर १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको १ लाख ९९ हजार २०० रुपैयाँको तुलनामा कम हो। यसैगरी, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर २,३१५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २,३३० रुपैयाँमा कारोबार भएको थियो। मूल्यमा आएको यो गिरावटले सुनचाँदी बजारमा हल्का सुस्ती देखिएको छ ।