सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर सर्वाधिक उच्चस्तरमा, चाँदी पनि रेकर्ड मूल्यमा
Author
NEPSE TRADING

काठमाडौं, असोज २८ — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य इतिहासकै उच्च स्तरमा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रति तोला रु. २ लाख ४८ हजार ५०० कायम भएको छ।
यो मूल्य सोमबारको तुलनामा रु. ८ हजार १०० रुपैयाँले वृद्धि भएको हो। सोमबार छापावाल सुन प्रति तोला रु. २ लाख ४० हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको बताउँदै सोको सीधा प्रभाव नेपाली बजारमा परेको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर भएपछि लगानीकर्ताहरूले सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्।
यसैबीच, चाँदीको मूल्य पनि रेकर्ड उच्चतामा पुगेको छ। सोमबार तोलामा रु. ३,२२० रहेको चाँदी आज बढेर रु. ३,३२५ प्रति तोला पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबारको दर अनुसार:
सुन (Gold): रु. २,४८,५०० प्रति तोला
चाँदी (Silver): रु. ३,३२५ प्रति तोला