·
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा
Author
NEPSE TRADING

असोज ३०, २०८२ – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भई नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढ्दै रेकर्ड तोड्दै गएको छ । यसैबीच, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर बिहीबार ३ हजार २७५ रुपैयाँ पुगेको छ, जुन बुधबार ३ हजार २४० रुपैयाँमा थियो ।