·
सुनको मूल्यमा फेरि वृद्धि, चाँदी पनि महँगियो
Author
Nepse trading

सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार वृद्धि देखिएको छ। चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। बजारमा सुन र चाँदीको मूल्यमा आएको यो वृद्धिले उपभोक्ता र व्यवसायीहरूबीच चर्चा बढाएको छ।